समाचार स्वास्थ्य

प्रम ओली अस्पताल भर्ना, आईसीयू राखेर उपचार हुदैं

काठमाण्डौं, कात्तिक १४ । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहानै देखि अस्पतालमा भर्ना भएका छन् । प्रम ओलीको स्वास्थ्यमा अचानक समस्या देखिएपछि धापासीस्थित ग्राण्डी अस्पतालमा स्वास्थ्य परिक्षणका लागि गएका हुन् । उहाँलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ । ओलीलाई भोली मात्र डिस्चार्ज गर्न सकिने अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा गडबडी भएपछि बिहान साढे १० बजेको समयमा ग्राण्डीमा पुर्याइएको थियो । स्रोतका अनुसार मिर्गौलामा समस्या देखिएपछि प्रम ओलीलाई आईसीयूमा राखेर उपचार भइरहेको छ । प्रम ओलीको उपचारमा उनका निजी चिकित्सक डा. दिव्या सिंह शाह पनि सहभागी छिन्।

मिर्गौलाका बिरामी प्रधानमन्त्री ओलीलाई ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएपछि बुधबार बिहान सरकारी निवास बालुवाटारबाट चेकजाँचका लागि निजी चिकित्सकसहित ग्रान्डी लगिएको हो । ग्राण्डी अस्पताल स्रोतका अनुसार बुधबार दिनभर गरिएको चेकजाँचका क्रममा प्रधानमन्त्रीको शरीरको रगतमा क्रेटिनाइन र प्रोटिन अत्यधिक बढेको पाइएको छ ।

यी दुई तत्व ओलीको रगतमा अत्यधिक देखिएपछि चिकित्सकहरुले मिर्गौलाले काम गर्न छाडेको ठहरसहित डायलासिस प्रक्रियामा जाने या नजानेबारे परामर्श गरिरहेका छन् । त्यसैगरी स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्रीको छातीमा पनि संक्रमणमा देखिएको छ । जसले गर्दा प्रधामन्त्रीले स्वासप्रश्वास प्रक्रियामा समस्या भएको छ । स्रोतका अनुसार मिर्गौला र फोक्सोसहितको परीक्षण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.