राजनीति शिक्षा

नेपाली भूभाग भारतीय नक्सामा समेटिएको भन्दै नेविसंघ झापाले गर्‍यो विरोध

झापा, कात्तिक २२ । कालापानीलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघ झापाले झापाको चन्द्रगढीमा शुक्रवार प्रदर्शन गरेको छ ।

नेविसंघ झापा जिल्ला समिति र मेची क्यम्पस को संयुक्त आयोजनामा भएको प्रदर्शनमा करिब ३०० को संख्यामा विद्यार्थी तथा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

भारतीय बिस्तारवाद मुर्दावाद , सिमा अतिक्रमण बन्दगर , लिपुलेक हाम्रो प्राण हो लगायतका नारा लगाउदै मेची क्यम्पसबाट शुरु भएको र्याली क्याम्पस मोड, एसपी मोड, जिल्ला प्रशासन कार्यालय ,लेखनाथ चोक हुदै चन्द्रगढीको ट्रेड युनियन चोकमा पुगेर कोड सभामा परिणत भएको नेविसंघ झापाका पूर्व सभापति नारायण गिरीले जानकारी दिए । कार्यक्रममा नेविसंघ जिल्ला सभापति भुवन बुढाथोकी, मेची क्याम्पस सभापति प्रविण आचार्य लगायतका बक्ताहरुले भारतले तत्काल नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिँदै नेपाल सरकारले कुटनीतिक पहलबाट समाधान खोज्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम को संचालन झापा जिल्ला सचिव तथा दमक क्याम्पस स्ववियु सभापति बिनोद चापागाईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.