झापा, मंसिर १६ । नरहे नेपाल नरहन्छ, नेपाली, नेपाल र नेपाली तथा राष्ट्रीय र राष्ट्रीयताको अस्तित्वको निम्ति र संरक्षणको लागी आज प्रत्येक नेपाली नागरिकको दुबै काँधमा जिम्मा आईसकेको छ । चाहे त्यो नागरिक जुनसुकै तह, वर्ग, क्षेत्र, लिङ्ग र उमेरको किन नहोस, अब सचेत र उच्च सतरकतामा रहने समय आएको छ । विभिन्न बाजाहरुको एउटै ताल, नृत्यहरुको एउटै चाल र गायकहरुको एउटै स्वर भएझैँ, हामीहरुमा पनि एउटै पहिचान र एउटै आवाज बनिनुपर्ने दिन आएको छ ।
अब नेताको गुलामी, पार्टीको दास बनिनु हुँदैन, स्वार्थपूर्तीको निम्ति चापलुसी गर्नु पनि हुँदैन, सँधै आफै भित्र र आफ्नै समूहभित्र विश्वलेषण गरी राष्ट्रीय र राष्ट्रीयता प्रति दुरदर्शी ढङ्गबाट सोचेर लाग्नुपर्छ । आफ्नो योग्यता र क्षमताले जहाँ सम्म जान वा गर्न सकिन्छ त्यहाँ सम्मको मात्र यात्रा तय गर्नपर्छ, दोस्रो या तेस्रो व्यक्तिहरुको सहयोग र सहारामा अघि बढ्न प्रयास गरेमा केवल आफु स्वयं प्रयोगको चक्रव्यूमा परिन्छ भनांै अप्रत्यक्ष ढङ्गबाट कुनै न कुनै कुनाबाट फाइदा लिईदिन्छ । हामीले यो पनि ध्यानमा राख्नुपर्छ कि व्यक्तिको पतनको सुरुवात तब हुन्छ, जब उ पराईको सहयोगमा निजी फाइदाको निम्ति आफ्नोलाई दबाउन प्रयास गर्छ ।
उक्त माथिको भनाईले हामी सबै नेपालीलाई अतितको राजनीति तथा नेताहरुको क्रियाकलापको परिणामको पूर्व दृश्यहरु स्मरण गराउन सक्छ होला । हुन त हामी नेपालीहरुलाई रिस उठ्छ, खुसी पनि छिट्टै हुन्छौं, दया पनि लागिहाल्छ, मद्दत पनि गरी हाल्छौँ, यस्तै गुणहरुको कारणबाट हामी नेपाली पटक पटक धोका खान्छौं र शत्रुको छलकपटको जालमा फस्छौ ।
यसै वाक्यको सन्दर्भमा भन्नुपर्दा वि. सं. २००२ मा नेपाली कांग्रेस, वि. सं. २००४ मा नेपाल कम्युनिष्ट पार्टी नेपालमा राण शासन विरुद्ध गठित भए । उक्त समय भारतमा अङ्गेज सरकार विरुद्ध भारतीय नागरिकहरुले पनि स्वतन्त्रताको लागि चरम सिमामा आन्दोलन मचाईरहेका थिए ।
तत्कालिन समय, समान्तर रुपमा भारतमा अङ्ग्रेज र नेपालमा राणा, यी दुई शासक थिए, यी दुई बिचको घनिष्ट सम्बनध पनि थिए । यी दुई शासक विरुद्ध दुबै देशमा स्वतन्त्रता र प्रजातन्त्रको लागि भयानक जनआन्दोलन उर्लीरहेको थियो भने उता पश्चिमि मुलुकमा दोस्रो विश्व युद्ध पनि भई रहेको थियो । अङ्ग्रेजहरुले आफ्नो मुलुकमा दोस्रो विश्वयुद्ध र पूर्वको आफ्नो उपनिवेस भारतमा विशाल जनआन्दोलन भईरहेको हुँदा, यी दुई युद्ध र विरोध धान्न नसक्दा इ. सं. १९४७ तथा वि.स. २००३ मा अंग्रेजहरुले हात उठाए भनौ भारतीय नागरिकहरुले स्वतन्त्रताको घोषणा गरे भने यता त्यसको ठिक चार वर्ष पछि इ. सं. १९५१ तथा वि. सं. २००७ सालमा राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको घोषणा नेपाली जनताले गरे । तर यी दुई देशहरुको फरक के छ भने भारत देश विदेशी शासकको हातबाट मुक्त भई स्वतन्त्रताको घोषणा गरे भने नेपाल देशले स्वदेशी राणा शासकको तानशाह व्यवस्था तथा सत्ताबाट फुत्की नेपालीले प्रजातन्त्रको खुल्ला स्वास लिए । जुन हिसाबमा राणा र अंग्रेजको सम्बन्ध गासिएको थियो यी दुई शासकको पतन पछि भारतीय सरकार सञ्चालक र नेपाली सरकार सञ्चालक क्रमिक रुपमा घनिष्ठ सम्बन्ध र काटछाट क्रमिक रुपमा समान्तर ढङ्गबाट अघि बढ्दै आईरहेको देखिन्छ, यसै शिलशलिामा वि. सं. २००२ र २००४ यताबाट राजनैतिक सम्बन्ध अन्तर्गत नेपाली नेताहरुले राज्यको पटक पटक व्यवस्था परिवर्तनको निम्ति आर्थिक, धार्मिक, शैक्षिक, सामाजिक, संस्कार, पारिवारिक सम्बन्ध जस्ता हरेक साना ठूला पक्ष र व्यहारिक छेत्रमा आदनप्रदान तथा सहयोग लिदै आइरहेको पाइन्छ । सहयोग लिने र पाउने क्रममा हामी नेपाली पनि थाहा नपाई परजिवी बन्न पुगेछौ । अहिलेको एक्काईसौ सताब्दीमा पनि मानिस जिउनको निम्ति प्राथमिक वस्तु स्वदेशमा उत्पादन गर्न सकेको छैनांै भने आधुनिक जिवन शैलीको त कल्पना पनि गर्न सकिदैन । सहयोगले हामीलाई अपाङ्ग बनाएको छ, बिस्तारै नाङ्गो पनि हुँदैगएको छौं ।
भाइ फुटे, गवार लुटे भने झैँ, हामी स्वयं हावाले भरेको बलुन जस्तै एक आपसमा सिगौँरी खेल्ने आदतले नेपाली बिच बखण्डता पैदा निरन्तर हुन थाले, जातीय पार्टी, क्षेत्रीय, विचार र सोचमा परिवर्तन नभएको होइन, आर्थिक सहयोग, पद, विकासको योजना बाँड्दै, आन्तरिक मामिलामा हस्तक्षेप गर्दै, स्वदेशी नेताहरुलाई राष्ट्रीय भक्ति र भावना बोल्न लगाउदै खोला नाला भू–भाग सम्झौता र बेचबिखनको निम्ति गिरोपात्र खडा गरेर नेपाली नागरिकलाई कङ्काल र मूर्ख बनाउँदै कालापानी, लिपुलेक, लिम्प्याधुरा मात्र होइन हाम्रो देश नेपालको तिन दिशाहरुको सिमानाको खम्बाहरु मसाउँदै जमिन मिचेको सबै नेपालीलाई स्पष्ट थाहा छ । दक्षिण सिमा क्षेत्रमा नेपाली नागरिक भिडेको साथै ज्यान गुमाएको ताजै मनमा याद छ । नेपाली बस्ती भारतीय सिमा भित्र समावेश गरेका, हातमा लालपूर्जा भएको जमिन पनि भारती सेनाद्धारा हस्तक्षेप भएकै छ, यती मात्र होइन नेपाली बस्ती र गाउँ घर भित्र प्रवेश गरि अमानवीय व्यवहार गरेको पनि सुनेका भोगेका छन् । यस विषयगत सन्दर्भमा हामी नेपाली नागरिक तहबाट के गर्न सकिन्छ ?
जन्मभूमी स्वर्ग भन्दा प्यारो हुन्छ, यो वाक्य र भनाई मात्र होईन, सबै नेपालीको मन, मुटु, कलेजो र दिमागामा अटल भएर बसको हुन्छ । त्यसकारण नेपाली जनता, विद्यार्थी, संस्था सबै म नेपाली हुँ भन्ने नेपाली अवश्य जुर्मुराउछन, नारा लगाउँछन तर उच्चङ्गल व्यवहारको संज्ञा दिनुहुँदैन ।
सिमा भन्ने विषय नै राष्ट्रिय स्तरमा पुग्छ, राष्ट्रहरु भन्नू नै सरकार मार्फत अघि बढ्नुपर्छ । दुई राष्ट्र बिच शान्ति ढङ्गमा कुटनीतिको ढोकाबाट उच्च स्तरीय मार्फत, पर्याप्त ऐतिहासिक प्रमाण सहितको आधारमा हुनुपर्ने देखिन्छ अन्यथा ९ग्।ल्।इ० राष्ट्र संघको मध्यस्तरमा पनि गर्न सकिन्छ । हामी नेपालीको निम्ति एउटा सुनौलो अवसर पनि हो, किनकी कालापानी, लिपुलेख, लिम्प्यिधुराको सन्दर्भमा अन्य सबै दिशाहरुमा भएको सिमा थिचोमिचो र गायब स्तम्भहरुको बारेमा दिर्घकालिन समाधानको निम्ति अन्त्य गर्ने अवसर पाएका छौं । तर हाम्रा नेपाली नेताहरुको भावना, राष्ट्रभक्त, देश प्रेमी, जनता भरोसा, यसै देशको माटो र हावा पानीले बनिएको आत्मा र शरिर हुनुपर्छ ।
यसै, अनुच्छेदको शिलशिलमा एउटा सान्दर्भिक, ऐतिहासिक घटना जोड्न चाहान्छु ।
आज भन्दा चार/पाँच दशक अघिको घटना हो इ. सं. १९७० को दशकमा एउटा सानो स्वतन्त्र पहाडी राज्य नामगेल (छोगेल) वंशले १७ औँ सताब्दीदेखि शासन गर्दै आईरहेका थिए । यो राज्य बौध धर्म आस्त्रित थिए । तत्कालिन समय नामगेल वंशका १२ औँ पुस्ताका राजा पाल्देन थानडुप नामगेल थिए भने राज्यको नाम थियो सिक्किम ।
जब भारत इ. सं. १९४७ मा अंग्रेजबाट स्वतन्त्र भए उक्त समयदेखि नै अंग्रेजले भारतीय राजा र मसिना रजौटाहरु माथि गरेको व्यवहार अनुसार गरि आफ्ना छिमेकी एक शासकीय राजा भएका देशहरुमा विस्तारवादी नीति, आर्थिक र राजनीतिको सहयोगको अभियन गर्दै विस्तारवाद थालिसकेका थिए, जसको सिकार पहिलो पटक सिक्किम बन्न पुगे ।
यो साम्राज्यवादको जालमा भारतले सिक्किमी नागरिक काजी लोण्डुप दोर्जेलाई प्रमुख पात्र बनाई सिक्किमको राजनीतिमा राजा पाल्देन थान्डुप नामगेलको विरोधमा आन्दोलन मच्याउन लगाए, अन्तमा राजा पक्ष र जनता पक्ष निर्वाचन गराई ई. सं. १९७४ मा सिक्किमको प्रथम मुख्यमन्त्रि बनाई सम्पूर्ण ९क्यखभचष्नलतथ० सर्वभूम सत्ता भारत सरकाले जिम्मा लिई क्रमश भारत देशको २२ औं प्रान्तराज्य बन्न पुगे ।
यो एउटा काल्पानिक हिसाबले सम्झौं यस्तै सुपर वा स्मार्ट ग्राण्ड डिजाईनको सुत्र कतै हाम्रो देश नेपालमा प्रयोग हुँदै छ कि ?
सक्ता, शक्ति, पद, धन, दौलत, आफन्त र नातागोताका चक्रव्यूहमा अन्धो भएर निर्लज्जा–निर्धिक्कका साथ कानूनको भरमा जनतालाई विभिन्न विषयमा पासो लगाउँदै त्यो देशद्रोही सिक्कमे नेता काजी थान्डुप दोर्जे झै पराई देशको निर्देशनमा एक पात्रको रुपमा सिधा र सोझा नेपाली जनताहरुलाई नरम, मिठो, सुरिलो आवाजमा अल्मलाएको पो छ कि ?
अर्को नेपाली काजी पो जन्म हुँदै छ कि ?
अब प्रत्येक नागरिक उच्च सतर्कता अनिवार्य हुनु पर्ने समय आएको छ । प्रत्येक दिन हर नेपालीले मात्र १ मिनेट देशको निम्ति सोच्नुपर्ने अवस्था आएको छ । नेपाली सेना तथा सुरक्षा बललाई नागरिकको थप सहयोगको आवश्यक परेको जस्तो छ । सिमा क्षेत्रमा बसोबास गर्ने नेपालि नागरिकको बस्तिलाई साहाराको अरुरत परेको देखिन्छ । सिमा संरक्षणको निम्ति थप सिमाबल तैनाथ गर्नुपर्ने तथा एउटा भिन्नै मन्त्रालय तथा विभाग स्थापना गर्नुपर्ने देखिन्छ ।
देशको हाल साबिक नस्काकण गर्नु पर्ने अति आवश्यक देखिन्छ । यति मात्र होइन तीन तर्फी सिमाक्षेत्रमा बस्ती बसाल्न समेत आवश्यक देखिन्छ । समस्त नेपाली जनता पूर्णरुपमा आनन्दसाथ रातमा सुत्न पाओस, साँझको योजना, भोलिको सूर्योदय सँगै ब्यवहारमा उतार्न सफल रहोस । आँउदो नयाँ पुस्तौपुस्ताले पनि उज्वल भविष्यको सहित युगौँ युग सम्म नेपाली हुँ भन्ने गर्वका साथ स्वतन्त्र नेपाल राज्यका लोकतन्त्र ब्यवस्थामा नेपाली नागरिक भएर जिउन पाउनु पर्छ ।
विर, साहासी, मर्न नडराउने, इमान, इज्जत, मेहेनतमा रमाउने, माया र सहयोग गर्न पछि नहट्ने यि गुणहरु हाम्रा पुर्खाहरुले कमाँए र विश्वलाई गोर्खा भनि परिचय दिलाए तर आज त्यस्ताका सन्तान किन निमुखा आवाज विहिन भएको छ ?
हाम्रा पुर्खाहरुले दोस्रो, तेस्रो मुलुकहरुको सुरक्षा गर्दै सिमा विस्तार गरिदिए । इमानदार साथ नुनको सोझो निभाउथे तर आज सिंहको काखमा स्याल झैँ विश्वले विर्सन थालेको छ । एउटै कुरा घुमाइ बुझकी कुरा गरेजस्तै डर लुकाएको देखिन्छ । राष्ट्र र अन्तराष्ट्र स्तरमा बँैद्धिक क्षमता गुमाएको बुझिन्छ । आफ्नै देश, जिल्ला, गाउँ, आँगन, घरमा समेत निर्धक्क भएर खुल्ला स्वास फेर्न निसासिएको जस्तो अनुभव भइरहेको छ । अबको आउने दिनहरुमा विश्वले नेपाल र नेपालीको परिचय कस्तो पाउने छन् त ?
लेखक शिक्षासेवी खेमराज थाम्सुहाङ्ग

