विश्व

दुई श्रीमतीले गरे दुई सन्तानको हत्या त्यसपछि श्रीमानसँगै…

काठमाडौँ, मंसिर १८ । एक व्यक्तिका दुई श्रीमतीले दुई छोरा छोरीको हत्या गरेर श्रीमानसँगै अपार्टमेन्टबाट हाम फालेका छन्। घटनामा श्रीमान र एक श्रीमतीको ज्यान गएको छ भने एकको अवस्था गम्भिर छ।

यो घटना भारतको गाजियाबाद भन्ने स्थानको हो। श्रीमान र उनका २ श्रीमतीले शंकास्पद परिस्थितिमा अपार्टमेन्टको आठौं तलाबाट हाम्फालेका हुन्।

हाम्फाल्नुभन्दा पहिले उनीहरुले आफ्ना दुई सन्तानको घाँटी थिचेर हत्या गरेका थिए। पुलिसका अनुसार घरेलु कलह र पैसाको अभावका कारण उनीहरुले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। अहिले घटनाको थप अनुसन्धान भइरहेको छ । ई–हुलाकी

Leave a Reply

Your email address will not be published.