खेलकुद

बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश

काठमाडौं, मंसिर २२ । १३ औं साग फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । आइतबार (आज) दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

नेपालको जीतमा खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठको पासमा सुनिल बलले गरेको गोलनै निर्णायक बन्यो । नेपाल र बंगलादेशले पाएका केही अवसर खेर फाल्दा थप गोल हुन सकेन र नेपाल विजयी भयो ।

अब नेपालले स्वर्ण पदकका लागि मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्ने छ ।

नेपालले यसअघि दुई पटक साग फुटबलमा स्वर्ण जितेको थियो । सन १९९९ र २०१६ मा स्वर्ण जितेको थियो ।

Leave a Reply

Your email address will not be published.