खेलकुद

महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले दिए राजिनामा

काठमाडौं, मंसिर २३ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पदीय जिम्मेवारीबाट राजिनामा दिएका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलतर्फ सोमबार नेपाललाई स्वर्ण पदक जिताउनबाट चुकेका खड्काले आफ्नो प्रशिक्षकीय जिम्मेवारी छाडेका हुन् । सोमबार महिला फटुबलतर्फ स्वर्णका लागि भएको फाइनल भिडन्तमा नेपालले भारतसँग २–० को हार बेहोरेको थियो । Read More…

राजनीति

नेकपाको सचिवालय बैठक सम्पन्न: के भयो निर्णय ?

काठमाडौं, मंसिर २३ । नेकपाको आज बसेको सचिवालय बैठकले मंसिर २९ र ३० गते काठमाडौंमा स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । स्थायी समितिको बैठक भने झण्डै एक वर्षपछि डाकिएको हो । गत वर्षको पुस महिनायता स्थायी समितिको बैठक बसेको थिएन् । स्थायी समिति बैठक बस्नु अघि फेरि २७ गते सचिवालयको बैठक बस्ने निर्णयसमेत Read More…

समाचार

बोक्सो आरोपमा वडाध्यक्षलाई लगाइयो जुत्ताको माला

चितवन, मंसिर २३ । बोक्साको आरोपमा वडाध्यक्षमाथि कुटपिट भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि शनिबार साँझ स्थानीयबासीको एक समूहले कुटपिट गरेको हो । कुटपिट पछि उनलाई कालोमोसो र जुत्ताको माला समेत लगाइएको थियो । उनीहरुले बोक्सा भएको आरोप लगाउँदै मलमुत्र समेत खुवाउन प्रयास गरियो । जोखालाल चेपाङको घरमा भएको Read More…

राजनीति

नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं, मंसिर २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउँसो १ बजे बस्दै छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको सचिवालय बैठकमा स्थायी कमिटी बैठकको मिति तय गर्नेदेखि सभामुख चयनसम्मको एजेण्डा रहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सचिवालय बैठक बोलाउँनु भएको हो । बैठकमा प्रतिनिधिसभामा Read More…