राजनीति

नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं, मंसिर २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउँसो १ बजे बस्दै छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको सचिवालय बैठकमा स्थायी कमिटी बैठकको मिति तय गर्नेदेखि सभामुख चयनसम्मको एजेण्डा रहेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सचिवालय बैठक बोलाउँनु भएको हो । बैठकमा प्रतिनिधिसभामा रिक्त सभामुख पदको निर्वाचन र स्थायी समिति बैठक बोलाउने बारे छलफल हुने एक नेताले बताए ।

बैठकमा मंसिर १४ मा भएको उपनिर्वाचनको औपचारिक समीक्षा हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published.