विविध संघ \संस्था

द लिडर शो प्रसारण हुँदै, रबि लामिछाने प्रस्तोता

काठमाडौँ, मंसिर २७। नेपालमा विभिन्न सांगीतिक तथा डान्सिङ्ग रियालिटी शोहरुको आयोजना हुदै गर्दा अर्को एक पृथक खालको रियालिटी शो संचालनमा आउने भएको छ। न्यूज २४ टेलिभिजनबाट नयाँ ‘रियालिटी शो’ ‘द लिडर’ प्रशारण हुने भएको छ । काठमाडौंमा विहीबार आयोजित एक कार्यक्रममा ‘द लिडर’ शोको घोषणा गरिएको हो ।

देशमा नेतृत्व गर्न सक्ने सक्षम व्यक्तिको खोजी गर्ने उद्देश्यका साथ सुरु हुन लागेको यस कार्यक्रमका लागि देशका विभिन्न ठाउँमा अडिसन हुने छ भने देश बाहिर पनि अडिसन हुने बताइएको छ ।

न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने यो कार्यक्रमको निर्णायकका रुपमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधान्यायाधीश सुशीला कार्की र रवीन्द्र मिश्र रहेका छन् ।

त्यस्तै बाँकी दुई जना निर्णायकहरु दर्शकको अनुरोधकोे आधारमा नियुक्त गरिने बताईएको छ । कार्यक्रमको प्रस्तोताको रुपमा भने रवि लामिछाने रहेका छन् ।

यस कार्यक्रमका विजेताले काठमाडौँमा एक सुविधा सम्पन्न अपार्टमेन्ट, कार, २० लाख नगद र राजनीतिमा नेतृत्व लिने अवसर पाउने छन् ।

Leave a Reply

Your email address will not be published.