समाचार

धनुषामा शक्तिशाली बम विस्फोट, प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु

धनुषा, मंसिर २८ । धनुषामा मध्यराति शक्तिशाली बम विस्फोट हुँदा प्रहरी अधिकृत सहित ३ जनाको मृत्यु भएको छ । ३ जना गम्भीर घाइते भएका छन् ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो। यस्तै घटनामा गम्भीर घाइते भएका प्रहरी निरीक्षक अमिर दाहालको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय घनुषाले जनाएको छ ।

शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम विस्फोट भएको हो। बम हो वा होइन भनी इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी टोली पुग्नेबित्तिकै विस्फोट भएको हो।

विस्फोटमा परी प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका छन्। जनकपुर प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई धरान लगिएको छ।

Leave a Reply

Your email address will not be published.