खेलकुद

वडा नम्बर २ विजयी

झापा, पुष ७ । झापाको मेचीनगरमा जारी प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर २ विजयी भएको छ ।

मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा सोमबार भएको खेलमा वडा नम्बर २ ले वडा नम्बर ११ लाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

वडा नम्बर २ को जितमा प्रदिप राईले व्यक्तिगत दुई गोल तथा कृष्ण मिमिरे र युजेश प्रधानले एक/एक गोल गरे ।

खेलको म्यान अफ दी म्याच वडा नम्बर २ का प्रदिप राइ घोषित भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा)ले ट्रफी प्रदान गरे ।

वडा खेलकुद समिति मेचीनगर–८ को आयोजनामा मेचीनगरका १५ वटा वडा खेलकुद समितिको सहभागीता रहेको प्रतियोगिताको सह आयोजकमा आदर्श धिमाल समाज र सेन्ट्री युवा क्लव रहेका छन् । पुष १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेता टिमले २६ हजार रुपैयाँ नगदराशी सहित ट्रफी प्राप्त गर्ने छन् ।

प्रतियोगितामा मंगलबारको खेल वडा नम्बर ६ र वडा नम्बर १२ बिच दिनको ३ बजे देखि हुने आयोजक समितिका सदस्य बिकास देवकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.