विविध

प्रहरी हूँ भन्दै धुम्क्याउने व्यक्ति प्रहरीको फन्दामा

काठमाडौं, पुष १० । ‘प्रहरी हूँ’ भन्दै सेट (वाकीटकी) देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको रत्नपार्क क्षेत्रबाट सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जानाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठलाई पक्राउ गरी खानतलासी गर्न खोज्दा प्रहरीलाई नै दुव्र्यवहार गरी भाग्न खोजेका थिए । उनको साथबाट प्रहरीले एक थान ह्याण्डसेट (वाकीटकी) बरामद गरेको छ ।

अनुसन्धानका क्रममा उनले सुरक्षा गार्ड भएका बेला प्रयोग गरेको सेट लिएर भागेको खुल्न आएको छ । उनलाई अभद्र व्यवहार कसुरअन्तर्गत थप अनुसन्धानका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.