संघ \संस्था

लाइसेन्सका लागी अब कम्प्युटरबाटै लिखित परीक्षा

काठमाडौं, पुष २४ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि अब परीक्षार्थीले कम्प्युटराइज प्रणालीमार्फत परीक्षा दिनुपर्ने भएको छ ।

यातायात व्यवस्था विभागले लाइसेन्ससम्बन्धी नयाँ प्रावधान ल्याउँदै लिखित परीक्षालाई कम्प्युटराइज प्रणालीमा अद्यावधिक गरेको हो ।

अब परीक्षार्थीले पहिले जस्तो हातले नै लेखेर परीक्षा दिनुपर्ने छैन । लिखित परीक्षाको साटो कम्प्युटर प्रणालीबाट प्रश्नोत्तर दिनुपर्ने छ ।

Leave a Reply

Your email address will not be published.