खेलकुद

झापा : जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको तयारी पुरा

मेचीनगर । झापाको मेचीनगरमा भोलीदेखि जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुँदैछ ।

स्थानीय मिलन क्रिकेट क्लबको आयोजनामा आगामी ११ गतेसम्म सञ्चालन हुने झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा आयोजना हुने प्रतियोगितामा जिल्ला भरीबाट विद्यालयहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगितामा छात्र तर्फ १२ र छात्रा तर्फ ७ विद्यालय सहाभागी हुने आयोजक मिलन क्रिकेट क्लबका अध्यक्ष बिरु श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा भोलि छात्र तर्फ अरुणोदय अंग्रेजी मावि र सूर्योदय अंग्रजी मावि तथा छात्रातर्फ काँकरभिट्टा मावि र सूर्योदय अंग्रजी मावि बिच हुने छ ।

प्रतियोगिताको बिजेता तथा उपबिजेताले क्रमश नगद २० हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द म्याच, म्यान अफ द सिरिज, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट किप्पर र उत्कृष्ट क्याचका रुपमा खेलाडी छनोट गरी अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।