अर्थ

नेपाल र बंगलादेश बिच दोहोरो कर उन्मुक्ति सम्झौता

काठमाडौं/ नेपाल र बंगलादेशका नागरिकले एक देशका नागरिकले अर्को देशमा आर्जन गरेको सम्पत्तिमा एक देशमा मात्रै कर तिरे पुग्ने भएको छ । मंगलबार नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता भएसँगै दुई देशका नागरिकले यस्तो सुविधा पाउने भएका हुन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा राजश्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजश्व सचिव मसर्फ हुसेनले गरेको सम्झौताका अनुसार व्यापार व्यवसाय तथा रोजगारीको लागि एक देशको नागरिकले अर्को दशेमा बसेर आर्जन गरेको सम्पत्ति माथि सोही देशमा मात्रै कर तिर्दा हुनेछ । दुबै देशको मन्त्रिपरिषद्‍ निर्णयअनुसार गरिएको सम्झौताले आर्थिक तथा व्यापारिक सम्झौता विस्तारमा सहयोग पुग्ने सरकारको अपेक्षा रहेको छ । बंगलादेशले यस्तो सम्झौता नेपालसँगै ३६ वटा देशमा गरेको छ भने नेपालले बंगलादेश सँगै ११ वटा देशमा गरेको छ ।

नेपालले भारत, चीन, कोरिया, नर्वे, थाइल्यान्ड, श्रीलंका, मरिसस, अस्ट्रिया, पाकिस्तानसँग पनि यो सम्झौता गरेको छ । बंगलादेशका राजश्व सचिव मसर्फ हुसेनले एउटा देशमा मात्रै कर लगाउँदा लगानीकर्ता र व्यवसायीलाई लगानीका लागि उचित वातावरण बन्ने बताए । उनले दोहोरो कर उनमुक्ति सम्झौताले व्यापारिक सम्वन्ध विस्तार हुने बताए । राजश्‍व सचिव लालशंकर घिमिरेले सम्झौताले बंगलादेशको लगानीको लागि थप सहज वातवरण बनाएको बताए ।

Leave a Reply

Your email address will not be published.