झापा, फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले दमक–चिसापानी–रवि कालोपत्र सडकको अाइतवार (आज) शिलान्यास गरेका छन् । दमकदेखि दक्षिणी इलाम र पाँचथर जोडिएको सो मार्गमा बन्ने कालोपत्र सडकको उनले शिलान्यास गरेका हुन् । विसं २०४७ देखि शुरु भएको ४७ किलोमिटर लामो निर्माणाधीन सो सडकको तीन खण्ड कालोपत्रको काम अघि बढेको छ । सडक डिभिजन कार्यालय Read More…
Day: February 16, 2020
सताक्षी गोल्डकप; उद्घाटन खेलमा आयोजक विजयी
झापा, फागुन ४ । सताक्षी गोल्डकपको तेस्रो संस्करणको उद्घाटन खेलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबले जित हासिल गर्दै क्वार्टर फाइनल यात्रा तय गरेको छ । पाहुना टोली मनाङ मस्र्याङ्दीविरुद्व १–० को जित निकाल्दै घरेलु मैदानमा आयोजकले विजय यात्रा तय गरेको हो । झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा भएको उद्घाटन खेलमा आयोजकले लिगको तेस्रो स्थानमा रहेको ए Read More…
जिल्ला स्तरीय अन्तर बिद्यालय भलिबल प्रतियोगिता हुँदै
झापा, फागुन ४ । काँकरभिट्टामा जिल्ला स्तरीय अन्तर मा.वि. भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । मेचीनगर ६ काँकरभिट्टा स्थित अरुणोदय आवासीय माध्यमिक बिद्यालयको आयोजनामा सो प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिता फागुन ७ गते देखी ९ गतेसम्म सञ्चालन हुने बिद्यालय परिषरमा आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । बिगतका २ वटा Read More…
मेचीनगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनौट जारी
झापा, फागुन ४ । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको मेचीनगरस्तरीय छनौट अन्तर्गत आइतबार विभिन्न विधाका खेलको फाइनल सम्पन्न भएको छ । मेचीनगर २ स्थित मेची जनसाधारण माविको खेलमैदानमा शनिबारबाट सुरु भएको छनौट अन्तर्गत दोस्रो दिन १ सय मिटर र ३ हजार मिटरको दौड, लङजम्प, सटपुट र करातेको विभिन्न तौल समूहको फाइनल सम्पन्न भएका Read More…
हतियारधारी समूहको आक्रमणमा परी नाइजेरियामा ३० जनाको निधन
काठमाडौं, फागुन ४ । हतियारधारी समूहको आक्रमणमा परी अफ्रिकी मुलुक नाइजेरियामा ३० जनाको निधन भएको छ । देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरुको निधन भएको अधिकारीहरुले जनाएका छन् । प्रहरी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार मोटरसाईकलमा आएका दर्जनौं बन्दुकधारीले गाउँभरि अन्धाधुन्ध आक्रमण गरेका थिए । उनीहरुले काट्सीना राज्यमा पर्ने साउवा Read More…





