समाचार

महरा रिहा; सांसद पद पुर्नस्थापित हुँने

काठमाडौं, फागुन ५ । बलात्कार प्रयासको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महराले सफाई पाएका छन् । महराले काठमाडौं जिल्ला अदालतबाट सफाई पाएसंगै रिहाई भएका हुन् ।

डिल्लीबजार कारागारमा महराको रिहाईम नेकपाका कार्यकर्ता तथा महराका शुभचिन्तकहरुको ठूलो भीड लागेको थियो ।
अब उनको पहिलेको सभामुख पद के हुन्छ त ?
रोशनी शाहीले बलात्कार प्रयासको आरोप लगाउँदै दिएको अन्र्तवार्तापछि पार्टी केन्द्रीय सचिवालयले महरालाई सभामुख पदबाट राजीनामा दिन अनौपचारिक रुपमा निर्देशन दिएको थियो । निर्देशन दिए लगत्तै उनले राजीनामा दिएका थिए ।
उनको राजीनामा र लागेको अभियोग बीच कुनै कानुनी सम्बन्ध भने छैन । राजीनामा उनले स्वेच्छाले दिएका हुन् । ‘अब त्यो राजीनामा उल्टन सक्दैन’– संसद् सचिवालयका एक अधिकृतले भने ।
औपचारिक अभियोग लागेसँगै महरा सांसद् पदबाट निलम्वित भएका थिए । अदालतबाट सफाई पाएसँगै उनको निलम्बन पनि फुकुवा हुने बताइएको छ ।
महरालाई नेकपा सचिवालयले सभामुख पदबाट राजीनामा दिन निर्देशन दिँदा सांसद् पदबाट पनि राजीनामा दिन भनेको थियो । तर, महराले सभामुख पदबाट मात्र राजीनामा दिएका थिए, सांसद् पदबाट राजीनामा दिएका थिएनन् ।
सांसद् पदबाट राजीनामा दिएका भए अदालतबाट सफाई पाएपछि पनि उनको पद पुर्नस्थापित हुँदैनथ्यो ।

Leave a Reply

Your email address will not be published.