झापा, फागुन १६ । मेचीनगर– ६ स्थित महेन्द्रद्धार सहकारी संस्थाले सञ्चालन गर्न लागेको औषधिजन्य वनस्पति प्रशोधन केन्द्रको शुक्रबार शिलान्यास गरिएको छ । मेचीनगर–८ स्थित राजकामतमा निर्माण हुने केन्द्रको प्रदेश सांसद श्रीप्रसाद मैनालीले शिलान्यास गरेका हुन् । त्यसक्रममा प्रमुख अतिथि मैनालीले कार्यक्रमको ब्यानर वाचन गरे भने पण्डित दीपक ढुङ्गानाले स्वस्ती वाचन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि मैनाली, जडीबुटी सहकारी संघका केन्द्रीय सदस्य रामहरि नेपाल, कर्मशियल एग्रिकल्चर एलायन्सका अध्यक्ष दुर्गाप्रसाद सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा महेन्द्रद्धार सहकारी संस्था सञ्चालक समिति उपाध्यक्ष पुष्कलकुमार बस्नेत, सदस्य एवं मेचीनगर ३ का वडा अध्यक्ष हर्क बस्नेत, सीता थापा, युद्धराज ओली, बद्रीप्रकाश उप्रेती, अर्जुन खड्का, राप्रपा मेचीनगर अध्यक्ष शुशिल आचार्य, नेपाली कांग्रेस मेचीनगर ८ का सभापति गिरीराज धमला, युवा नेता रविन ओझालगायतको आतिथ्यता थियो ।
संस्था सञ्चालक समिति सदस्य तथा जडीबुटी प्रशोधन केन्द्र उप समिति संयोजक कुन्दन निरौलाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रम अध्यक्ष राजकुमार दाहालको अध्यक्षता र सदस्य गोपाल शिवाकाटीको सञ्चालनमा सम्पन्न भएको थियो ।
संस्थाले तेजपत्ता प्रवद्र्धन एवं औषधिजन्य वनस्पति प्रशोधन केन्द्र सञ्चालनका लागि राजकामतमा साढे ८ कठ्ठा जग्गा खरिद गरेको जनाइएको छ ।
कूल १ करोड ३२ लाख रुपैयाँको लागतमा निर्माण हुने केन्द्रका लागि प्रदेश सरकारले ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ट्रष्टको छानो, ४ वटा मेशिन, २ वटा टहरा, कार्यालयका २ वटा कोठालगायत रहने केन्द्रका लागि सहकारीले लागत सहभागिता स्वरुप ५७ लाख रुपैयाँ लगानी गर्ने बताइएको छ ।

