नरेन इलामेली
इलाम, फागुन १६ । आयोजक माइभ्याली फूटबल क्लब पुर्वी पहाडकै लोकप्रिय फुटबल प्रतियोगिता छैटौँ संस्करणकोअद्न्तरािष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । सदरमुकाम स्थित ठूलो टुँडिखेलमा शुक्रबार समपन्न खेलमा भारतीय टीम ग्यान्टोक सिटी फूटबल क्लब सिक्किमलाई २— ० गोल अन्तरले पराजित गर्दै आयोजक माइभ्याली क्लब प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
आयोजक माइभ्याली फूटबल क्लबलाई क्वाटरफाइनल सम्म पुर्याउनका लागि जोर्डन जुनियर डेम्लेले २ गोल गरेका थिए । अब माइभ्यालीले सेमिफाइनल प्रवेशका लागि अगामी २० गते मोहम्मडन स्पोर्टिङ्ग क्लब कोलकत्ताको सामना गर्नु पर्नेछ ।
खेलको म्यान अफ दी म्याच आयोजक मायभ्यालीका शिशिर लेखी घोषित हुँदै नगद १० हजार रुपैँया प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत शनिबार झापाको झाापा ११ र भारतीय टीम एमएफसी दार्जिलिङ्ग मैदान उत्रने छन् । पूर्वी पहाड कै सर्वाधिक धन राशी भएको यस प्रतियोगितामा भारतीय टीमहरु नागाल्याणको कोहिमा इगल फूटबल क्लब, दार्जिलिङ्गको एमएफसी, सिक्किमको ग्यान्टोक सिटी फूटबल क्लब, कोलकत्ताको मोहम्मडन स्पोर्टिङ्ग क्लब सहित नेपाली टीमहरु रुपन्देहीको गोर्खा ब्वाइज फूटबल क्लब, काठमाण्डौको मछिन्द्र क्ल्ब, त्रिभूवन आर्मी क्ल्ब काठमाण्डौ, संकटा क्लब काठमाण्डौ, झापाको झापा ११ र आयोजक इलामको माइभ्याली फूटबल क्लबको सहभागिता रहको छ ।
प्रतियोगिताको फाइनल खेल आगामी २४ फागुनमा हुनेछ । प्रतियोगिताको विजेताले नगद आठ लाख र उपविजेताले नगद पाँचलाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तेै हरेक खेलको म्यान अफ दी म्याच र म्यान अफ दी टुर्नामेण्टलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
अन्तराष्ट्रिय आमन्त्रण बनाउनु ल गल्ती भएछ

