विविध

सुजता मृत्युप्रकरण: दोषीलाई यथाशीघ्र कार्वाही गर्न मेचीनगरका युवाको सरकारसँग माग (तस्बिर सहित)

ललित बहादुर प्रधान
मेचीनगर, असार २८ ।
पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजता भण्डारीको रहस्यमय मृत्युको बिरोधमा मेचीनगरका युवाले बिरोधमा प्रदर्शन गरेका छन् ।

मेचीनगरका युवाले सोमबार साझ मेचीनगर ७ स्थित ईटाभट्टा चोकमा शान्तिपूर्ण बिरोध र्यालि तथा द्विप प्रज्वलन गर्दै घटनाको गहिरो र गम्भीर अनुसन्धानमार्फत दोषीलाई अविलम्ब कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेका छन् ।

बिरोध र्यालि तथा द्विप प्रज्वलन कार्यक्रमको नेतृत्व मेचीनगरका युवा सौरभ बस्नेत र अर्जुन गोतमले गरेका थिए ।