राजनीति

सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गरेपछि ओली समर्थकहरु सडक प्रदर्शनमा उत्रिए

झापा, असार २८ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै २ दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा ओली समर्थकहरु सडक प्रदर्शनमा उत्रिएका छन् ।

सर्वाेच्च अदालतको फैसला असंवैधानिक भन्दै एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा विर्तामोड स्थित मुक्ति चोकमा ठुलो संख्यामा भेला भएर विरोधमा उत्रिएका हुन् ।

ओली सरकार फालेर देउवा सरकार आउने भएपछि आक्रोशित ओली समर्थकहरुले अदालतमा कीर्ते हस्ताक्षर पेश गरि फैसला गरिएको भन्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

युवा संघका कार्यकर्ताले ‘सबै फैसला मानिँदैन, खबरदार’ लेखिएको ब्यानरका साथ देशका विभिन्न स्थानमा प्रर्दशन गरिरहेका छन् ।