झापा, फागुन २२ । झापाको कारकरभिट्टा स्थित खानेपानी तथा सरसफाईको सभाहलमा जारी पीबी थापा मेमोरियल अन्तर्राष्ट्रिय वुद्धिचाल प्रतियोगितामा भारतीय खेलाडीहरुको वर्चश्व कायम गर्दै अगाडी रहेका छन् ।
प्रतियोगिताको चौथो चरणको खेल सम्पन्न हुँदा प्रतियोगिताको दोस्रो उच्च रेटेड खेलाडी भारतका हरिश शर्मा , राकेश गुरुङ्ग, रिशभ निशाद , किरण साई ,सम्राट घोराई र नेपालका कृष्ण थापा ४ अकं सहित संयूक्त रुपमा शिर्ष स्थानमा रहेका छन ।
राम्रो प्रदर्शन गरिहेका हरिशले चौथो चरणको खेलमा पुर्व नेपाल च्याम्पीयन नविन तण्डुकारलाई पराजित गरे भने तेस्रो चरणको खेलमा भारतका हिलाल मण्डललाई निरास पारे । राकेशले तेस्रो चरणको खेलमा पाँचथरका महेन्द्र साम्वाहाम्फेलाई र चौथो चरणमा भारतकै प्रशान्त कटियारलाई पन्छाएका थिए भने रिशभले तेस्रो चौथो चरणको खेलमा पुर्व नेपाल च्याम्पीयन सूरविर लामा र झापाका शुमन श्रेष्ठलाई हराउन सफल भए ।
चौथो चरणका खेलमा भारतका रोहन चौधरी माथि जीत हात पारेका किरणले तेस्रो चरणको खेलमा महेन्द्र शाह माथि सफलता हात पारे भने सम्राटले तेस्रो र चौथो चरणको खेलमा झापाका प्रेम लिम्वु र भारतका सम्यक दाशलाई पराजित गरे ।
नेपालमा सम्पन्न भएको एसियन एमेच्योर विजेता खेलाडी कृष्णले तेस्रो चरणको खेलमा भारतका विकास आनन्दलाई पराजित गरेका थिए भने चौथो चरणको खेलमा हरिचन्द्र चौलागाई माथि जीत निकाले ।
नेपालका सुमित पन्त ,युवराज पौडेल र भारतका अंकित दाश ३.५ अकं जोडि संयुक्त रुपमा दोस्रो स्थानमा रहेका छन ।सुमितले तेस्रो चरणको खेलमा भारतका आकाश तिवारीलाई हराएका थिए भने चौथो चरणको खेलमा युवराज पौडेल सँग वरावरी खेली अंक वाँडे । उदयीमान खेलाडी युवराजले तेस्रो चरणको खेलमा राम शंकर राई माथि सहज जीत हात पारे ।
नाइट चेस क्लव काकरभिट्टा झापाको आयोजनामा जारी प्रतियोगितामा प्रकाश नेपाल , क्रिश केडिया , राघव श्रीवास्तव , राज लिम्वु , विकास निसाद ,नविन तण्डुकार ,विकास मैनाली राजन सुवेदी ,सुमन राई, ज्वाला लिम्वु , लोकसागर साम्वा ,उमेश राई र प्रेम लिम्वु ३ अंक सहित तेस्रो स्थानमा रहेका छन ।

