नरेन इलामेली
इलाम, फागुन २२ । इलामको फाकफोकथुम गाउँपालिकामा रहेको एक विद्यालयको छात्रवासमा आगलागी हुँदा करिब २५ लाख मुल्य बराबरको क्षती भएको छ ।
फाकफोकथुम गाउँपालिका ६ फुस्रेमा रहेको तिनजुरे बोर्डिङ्ग स्कूलको छात्रबासमा बुधबार साँझ विद्युत सर्ट भएर आागलागी हँदा सो बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
आगलागीबाट सिमेन्टको पिलर, काठको बेरा र टीनको छानो भएको घर, घर भित्र रहेको भाँडावर्तन, अन्नपात, लत्ताकपडा, २ थान टेलिभिजन, ४ थान ल्यापटप, २ थान कम्प्युटर, टेबल ,कुर्सी ,दराज, खाट र कागजातहरु जलेर नष्ट भएको छ ।
आगलागी किरब डेढ घण्टा पछि स्थानियबासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो आगलागीबाट कुनै मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

