स्वास्थ्य

सांसद बुढाथोकीको प्रश्नः स्वास्थ्य विमा गराउनु तेस्रो–चौथो दर्जाको नागरिक हुनु हो ?

विराटनगर, चैत २ । सत्तारुढ नेकपाका प्रदेश १ सांसद गोपाल बुढाथोकीले स्वास्थ्य विमा गरेका नागरिकमाथि भइरहेको विभेद अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आज प्रदेश १ संसदको बैठकमा विशेष समय लिएर बोल्दै बुढाथोकीले जनस्वास्थ्यका क्षेत्रका सवाल उठाउनु भएको थियो । कोरोना आतंकमा सजगता अपनाउन माग गर्दै उहाँले सकर्तकता अझै नपुगेको बताउनुभयो । त्यस्तै स्वास्थ्यविमामा भएको विभेदको अनुगमनको माग पनि उहाँले गर्नुभयो ।

‘ स्वास्थ्य विमा गर्नु भनेको तेस्रो–चौथो दर्जाको नागरिक हुनु हो रु ’, सांसद् बुढाथोकीले भन्नुभयो ‘होइन भने, स्वास्थ्य विमा गरेका नागरिकलाई अस्पतालले, स्वास्थ्यकर्मीले किन फरक र दुव्र्यवहारकै हदमा व्यवहार गर्छन् रु सरकारले कि यो सेवा नै बन्द गरोस्, होइन भने गरिब नागरिकमाथि भइरहेको अन्याय सरकारले टुलुटुलु हेरेर नबसोस् । कडाईका साथ अनुगमन गरोस् ।’ स्वास्थ्य विमा गरेका नागरिक अस्पताल जाँदा समयमा रिपोर्ट नदिने, औषधि पनि सहजै नदिने जस्ता समस्या रहेको उहाँको भनाइ थियो ।

गरिब जनताले अहिले पनि सहजै स्वास्थ्य सेवा पाउन नसकेको, मिर्गौला पीडितहरु उपचार नपाएर रोएर हिँडिरहेको तथा पहुँचवालाको मात्रै स्वास्थ्यमा पहुँच स्थापित हुने अवस्था अन्त्य गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । देशको न्यूज

Leave a Reply

Your email address will not be published.