समाचार

कोरोनाको आशंका गरिएका झापाका विरामीमा कोरोना नभएको पुष्टी

झापा, चैत २ । झापाका कोरोना भाइरस सङ्क्रमणको आशंकामा काठमाडौं लगिएका विरामीमा कोरोना भाइरस नभएर कोरोना भाइरससँग मिल्दो जुल्दो फ्लू देखिएको ग्राण्डी अस्पतालले जनाएको छ ।

विराटनगरको नोबेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई कोरोनाको आशंकामा काठमाडौं रेफर गरिएको थियो । थप उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएकामा उनलाई कोरोना नभएको पुष्टी अस्पतालले गरेको छ ।

फ्लूका कारण निमोनिया समेत भएका ती विरामीको आइसीयूमा राखेर उपचार भइरहेको ग्राण्डीका बरिष्ठ चिकित्सक डा. चक्रराज पाण्डेले जानकारी दिए ।

ज्वरो आउने र रुघाखोकी लाग्ने बित्तिकै कोरना भाइरसको सङ्क्रमण भन्दै आत्तिन नहुने उनको सुझाव छ ।

Leave a Reply

Your email address will not be published.