झापा, चैत ५ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएसँगै बजारमा मास्क र सेनिटाइजरको चरम अभाव भइरहेका बेला झापाको बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ्ग हस्पिटलले आफैं सेनिटाइजर उत्पादन गरेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणबाट जोगिन सेनिटाइजरको प्रयोग गर्न सुझाव दिएको छ । जसका कारण पनि बजारमा सेनिटाइजरको माग ह्वात्तै बढेको हो । बजारमा सेनिटाइजर Read More…
Day: March 18, 2020
नेकपाले गर्यो पूर्वी नाका निरीक्षण
झापा, चैत ५ । नेकपा प्रदेश तथा जिल्ला कमिटीले पूर्वी नाका काँकरभिट्टाको निरीक्षण गरेको छ । पार्टीको १ नम्बर प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे नेतृत्वको टोलीले काँकरभिट्टा नाकामा भइरहेको कोरोना नियन्त्रण प्रयासका बारेमा प्रहरीसँग छलफल गर्दै निरीक्षण गरेको हो । बुधबार इलाका प्रहरी कार्यालय काँकरभिट्टामा आयोजित छलफल कार्यक्रममा कोरोना नियन्त्रणमा हाल भइरहेको काम कारवाहीका विषयमा Read More…
कोरोनाको प्रभाव: एसईई परीक्षा अनिश्चितकालका लागि स्थगित
काठमाडौं, चैत ५ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विहीबार (भोलि)देखि हुने परीक्षा स्थगित गरिएको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको हो । Read More…
चितुवासँग लडेर छोरीलाई बचाउन सफल भइन् आमा
काठमाडौं, चैत ५ । तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल भएकी छन् । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर ५० मिटर तल पुर्याएको चितुवासँग लडेर छोरीलाई बचाएकी हुन् । घरको आँगनमा रहेको धारामा आमासँग हात समातेर पुगेकी २१ महिनाकी संस्कृति न्यौपानेलाई चितुवाले Read More…
कोरोना अपडेट: विश्वभर मृत्यु हुनेको संख्या ८ हजार कट्यो, युरोपमा भयावह हुँदै
काठमाडौं, चैत ५ । चीनको वुहान सहरबाट गत डिसेम्बर अन्तिम सातादेखि सुरु भएको कोरोना भाइरस ‘कोभिड १९’ को त्रास विश्वभर महामारीको रुपमा फैलिरहेको छ । उद्गमस्थल चीनमा नियन्त्रणउन्मुख भइरहेको भाइरस ‘कोभिड १९’ अहिले विश्वमै महामारी बनेको छ । युरोप र अमेरिका निकै आक्रान्त हुँदै गएका छन् । ईटलीमा मृतक संख्या २५ सय नाघेको छ । Read More…





