स्वास्थ्य

मेचीनगरमा पहिलो पटक समुदायमा कोरोना संक्रमण पुष्टी

मेचीनगर, साउन २३ । झापाको मेचीनगर नगरपालिकामा पहिलो पटक समुदायस्तरमा कोरोना संक्रमण पुष्टी भएको छ । मेचीनगर वडा नंं १० धुलाबारी बजारका १५ बर्षिय युवामा कोरोना संक्रमण पुष्टी भएको हो ।

मेचीनगर–१० को धुलाबारी स्थित टाउन हलमा साउन १८ गते समुदायको स्वाबको नमुना संकलन गरिएको थियो । त्यसबेला धुलाबारी क्षेत्रका ८४ जनाको स्वाबको नमुना संकलन गरिएको थियो ।

८४ जना मध्ये मेचीनगर–१० का फुटबल खेलाडी समेत रहेका १५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मेचीनगर सामाजिक बिकास समितिका संयोजक नबिन बरालले जानकारी दिए ।