संघ \संस्था स्वास्थ्य

मेचीनगरको ९ र १० वडा भोलिदेखि अनिश्चतकालिन लकडाउन

मेचीनगर, साउन २३ । झापाको मेचीनगर नगरपालिकामा पहिलो पटक समुदायस्तरमा कोरोना संक्रमण पुष्टी भएसंगै ९ र १० वडामा भोलिदेखि अनिश्चतकालको लागि लकडाउन हुने भएको छ ।

Image may contain: 3 people, including Bimal Acharya, people sitting, table and indoor

कोरोना संक्रमण नियन्त्रण कार्यदलका संयोजक विमल आचार्यको अध्यक्षतामा शुक्रबार बसेको छलफलले वडा नं.९ र १० मा रहेका सवै प्रकारका उद्योग व्यवसाय, होटल, पसल वन्द रहने, डेरी, खाद्यन्न र सव्जी पसल हरेक दिन विहान ८ देखि १० वजे सम्ममात्र खुल्ला रहने, औषधी पसल, स्वास्थ्य उपचार केन्द्र र अस्पताल नियमित सञ्चालन हुने, नगरभित्र रहेका वित्तिय संस्था (बैँक, फाइनान्स र सहकारी) हरु स्वास्थ्य सुरक्षण विधि अपनाई सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै घर वाहिर निस्कदा सवै नगरवासीले मास्कको प्रयोग अनिवार्य गर्ने, समुदायस्तरमा पहिलो कोभिड–१९ संक्रमण देखा परेको र थप परीक्षणको परिणाम आउन बाँकी रहेकोले नगरभित्र संक्रमणको जोखिम बढेको हुँदा सम्पूर्ण नगरवासीमा आवश्यक सावधानी अपनाउन र सचेत रहन अनुरोेध गर्ने निर्णय भएको छ ।

Image may contain: 3 people, including Om Prakash Khapung, people sitting and indoor

छलफलमा प्रदेश नम्बर १ का सभा सदस्य गोपालचन्द्र बुढाथोकी, कोरोना संक्रमण नियन्त्रण कार्यदलका संयोजक आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, वरिष्ठ प्रमुख प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्ती, प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङ, सामाजिक विकास समिति संयोजक नविन बराल, कार्यपालिका सदस्य टिका मग्रान्ती, कृष्ण कनाल लगायतको उपस्थिति रहेको थियो ।