समाचार

कोरोना अपडेट: १९५ देशमा फैलिदा, १६ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ?

काठमाडौं, चैत ११ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म १६ हजार ५ सय ५८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ३ लाख ८१ हजार ७६१ जनालाई संक्रमण भएको छ । १ लाख २ हजार ४२९ जना निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म कोरोना १९५ देशमा संक्रमण फैलिएको छ । चीनको वुहान शहरबाट शुरु भएको भाइरसका कारण इटालीमा अहिलेसम्म ६ हजार ७७ जनाको मृत्यु भएको छ । चीनमा भने ३ हजार २७७ जनाको मृत्यु भएको छ । त्यस्तै, इरानमा १८ सय १२ जनाको मृत्यु भएको छ । अमेरिकामा ५८२ र स्पेनमा २हजार ३११ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published.