समाचार

झापामा पनि भेटिए कोरोना सङ्क्रमित युवतीसँगै आएका पुरुष

झापा, चैत ११ । कोरोना भाइरस सङ्क्रमित १९ वर्षीया युवतीसँगै विमानमा नेपाल आएकामध्ये झापाका पनि रहेको खुलेको छ ।

फ्रान्सबाट कतार हुँदै चैत ४ गते नेपाल आएकी युवतीमा कोरोना सङ्क्रमण भएको सोमवार स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । सङ्क्रमित किशोरीसँगै एउटै विमानमा नेपाल आएकामध्ये झापामा एकजना पुरुष पनि फेला परेको जिल्ला प्रशासन कार्यालय झापालाई उदृत गर्दै देशसञ्चारले जनाएको छ ।

प्रशासन कार्यालयका अनुसार ती पुरुष हाल सेल्फ क्वारेन्टाइनमा रहेका छन् । उनलाई चिकित्सकको निगरानीमा राखिएको छ । कोरोना संक्रमण लक्षण देखिनासाथ आइसोलेसनमा राखेर उपचार गर्ने चिकित्सकको योजना छ ।

Leave a Reply

Your email address will not be published.