स्वास्थ्य

स्वास्थ्य लाभ गरी प्रधानमन्त्री ओली निवास फर्किए

काठमाडौं, चैत १५ । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारस्थित सरकारी निवास फर्किएका छन् ।

बिहीबार राति ११ः३० पछि मुटुको धड्कन बढ्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

करिब २० घण्टा अस्पतालमा रहेर उपचार गराएका उनी शुक्रबार बालुवाटार फर्किएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीको २४ दिन अघि २१ फागुन २१ मा शिक्षण अस्पतालमा दोस्रोपटक मृगौला प्रत्यारोपण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.