झापा, चैत १६ । मेचीनगर ८ स्थित पाथीभरा टोल, मेची टोल, सुनाखरी टोल लगायतका टोलमा बसोबास गर्ने विपन्न परिवारका मजदुरहरुले खाद्यन्न पाएका छन् ।

मजदुरी गरी दुई छाक टार्दै आएका ३० परिवारलाई मेचीनगर ८ का सक्रिय यूवाहरुले आइतबार घरघरमा पुगेर संयूक्त रुपमा खाद्यन्न वितरण गरेका थिए।
विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले गत मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन एक साता रोक लगाउदै लकडाउन गरेको छ ।
दैनिक ज्यालादारीमा काम गरेर छाक टार्ने मजदुर परिवारलाई अहिले काम नहुदा दैनिकरुपमा विहान–बेलुकाको छाक र्टान मुस्किल परेकाले उक्त खाद्यन्न सामाग्री वितरण गरिएको धुलाबारी क्याम्पस प्रमुख समेत रहेका मेचीनगर ८ का युवा समाजसेवी पुष्पराज पौडेलले बताए ।
प्रत्यक परिवारलाई १० केजी चामल, एक पोका खानेतेल, एक प्याकेट नुन र एउटा डिटोल साबुन वितरण गरिएको बालकुष्ण ढुङ्गानाले बताए । साथै उनले अहिलेको यो बिषम परिस्थितिमा सबैले सचेत हुदै आ–आफ्नो टोलमा समस्यामा परेका परिवारलाई सकेको सहयोग गर्न आग्रह गरे ।
मेचीनगर ८ का यूवाहरु राजुकुमार राई, रघुनाथ धिमाल, मेहरलाल धिमाल, सञ्जीप थापा, कुमार ढुङ्गानालगायतले संकलन गरेको खाद्यन्न सामाग्री विपन्न तथा मजदुर परिवारलाई वितरण गरिएको थियो ।

