समाचार

“लकडाउन”बारे जान्नैपर्ने ८ कुरा, के गर्न मिल्छ के गर्न मिल्दैन ?

काठमाडौं, चैत १० । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने चैत १८ गतेसम्मका लागि “लकडाउन” गरेको छ । संक्रामक रोग ऐन, २०२० को दफा २ दिएको अधिकार प्रयोग गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड– १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय Read More…

समाचार

भोलिबाट नेपाल पूर्ण रुपमा लकडाउन, घरबाट बाहिर निस्कन नपाइने

काठमाडौं, चैत १० । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना Read More…

समाचार

हिरा लुटपाटमा संलग्न प्रहरी र पत्रकार पक्राउ

काठमाडौँ, चैत १० । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हिरा लुटपाटमा संलग्न प्रहरीदेखि पत्रकारसम्मलाई सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैँसेपाटी बस्ने १९ वर्षीय सुजन आचार्य, सुर्खेत वीरेन्द्रनगर १२ बस्ने २६ वर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय–२ बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका–१ बस्ने २८ वर्षीय हिमकान्त पुन मगर Read More…

समाचार

१९ वर्षे नेपालीमा कोरोना पोजेटिभ देखियो,अहिले टेकुमा उपचार हुँदै

काठमाडौं, चैत १० । १९ वर्षे नेपालीमा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा एक व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको बताएको छ । उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी एक १९ वर्षीया विद्यार्थी भएको जानकारी मन्त्रायलले सोमवार मध्याह्ण आकस्मिक प्रेस सम्मेलन गरेर दिएको हो । मन्त्रालयले प्रेस सम्मेलन गर्नुभन्दा केही घण्टाअघि Read More…

अर्थ

सटरभाडा छुट दिने कटुवाल परिवाको घोषणा

झापा, चैत १० । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै आतंकित बनिरहेको छ। हाल नेपालमा यसको संक्रमण नदेखिएपनि यसको चपेटामा जनताहरु परेका छन्। तर, यस्तो विषम परिस्थितिमा नेपालमा केही मानिसहरुले एक अर्कालाई सहयोग गर्दै मानवता देखाइरहेका छन्। झापाको कन्काइ नगरपालिका वडा नम्बर ८ स्थित लक्ष्मीपुर घर भएका समाजसेवी एवं युवा ब्यवसायी Read More…

स्वास्थ्य

कोरोना अपडेट: ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय नाघ्यो

काठमाडौं, चैत १० । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ । कोरोनाको संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ सयले ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको हो । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले इटाली, अमेरिका, स्पेन, Read More…

विविध

चोरिएका तीनवटा मोटरसाइकल सवारी धनीलाई फिर्ता

झापा, चैत ९ । चोरिएका मोटरसाइकल फेला पारेर प्रहरीले सम्वन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । आइतवार जिल्ला प्रहरी कार्यालय झापाले सवारीधनी पत्ता लागेका तीनवटा मोटरसाइकल हस्तान्तरण गरेको हो । कार्यालय परिसरमा बोलाएर सवारी धनीलाई ती मोटरसाइकल हस्तान्तरण गरिएको झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए । प्रहरीका अनुसार मे ९ प ८४७२ नम्वरको मोटरसाइकल Read More…

समाचार

भोलिदेखि एक साता नाका बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, चैत ९ । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले भर्खरै सकिएको बैठकले यो निर्णय गरेको हो । स्रोतकाअनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ । त्यस्तै सरकारले Read More…

संघ \संस्था

कोरोना संक्रमणबाट बच्न रोट्रयाक क्लब अफ बिर्तामोडद्वारा मास्क वितरण

झापा, चैत ९ । रोट्रयाक क्लब अफ बिर्तामोडले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न  सचेतनाका कार्यक्रमसंगै मास्क वितरण गरेको छ । आइतबार क्लबले कोरोना भाइरसको संक्रमणबाट हुनसक्ने जोखिमका लागि खट्ने स्वास्थ्यकर्मीहरूलाई ध्यानमा राखी विर्तामोड नगरपालिकाको स्वास्थ्य शाखालाई १०० थान मास्क वितरण गरेको अध्यक्ष राज मुखियाले बताए । अहिले विश्वव्यापी महामारीको Read More…

समाचार

बीरगञ्जमा एक जनामा कोरोना भाइरसको संक्रमण भेटियो

बीरगञ्ज, चैत ९ । पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । बीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो । बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको आशंका भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको हो । ६ दिन अघि बिरामीलाई वीरगञ्जको गण्डक अस्पतालले पटना रिफर गरेको थियो । संक्रमित ती व्यापारीले केही Read More…