अर्थ

सटरभाडा छुट दिने कटुवाल परिवाको घोषणा

झापा, चैत १० । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै आतंकित बनिरहेको छ। हाल नेपालमा यसको संक्रमण नदेखिएपनि यसको चपेटामा जनताहरु परेका छन्। तर, यस्तो विषम परिस्थितिमा नेपालमा केही मानिसहरुले एक अर्कालाई सहयोग गर्दै मानवता देखाइरहेका छन्।

झापाको कन्काइ नगरपालिका वडा नम्बर ८ स्थित लक्ष्मीपुर घर भएका समाजसेवी एवं युवा ब्यवसायी तुलसा कटुवाल र उनका छोराहरु निल डेबिट र राजन कटुवालले आफ्नो लक्ष्मीपुर बजारमा रहेको मार्केटमा सटरभाडामा लिइ व्यापार गर्ने ब्यापारीलाई एक महिनाको महिनाको भाडा नलिने घोषणा गरेका छन्।

कटुवाल परिवारले दुइवटा भवनमा रहेको २० वटा सटरमा चैत महिनाको करिब एक लाख बढी रकम भाडावालालाई नलिने भएका हुन्। धेरै मानिसको जनजीवन प्रभावित भई काम धन्दा गुमेको भन्दै भाडा नलिएको राजन कटुवालले बताए ।

Leave a Reply

Your email address will not be published.