विश्व

मोदीको जनता कर्फयु दक्षिण एसियामै लोकप्रिय

काठमाडौं, चैत १२ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा लागु गरेको ‘जनता कर्फयु’दक्षिण एसियाकै उद्दाहरणको रुपमा स्थापित भएको छ । कोरोना विरुद्ध लड्ने मोदीको जनताको कर्फयुको स्टाईल दक्षिण एसियाको अर्को मुलुकहरुमा पनि लोकप्रिय बन्दै गएको छ । भारतपछि नेपालमा लागु गरिएको जनता कफ्र्यु आजबाट बंग्लादेशमा पनि लागु गरिएको छ ।  प्रधानमन्त्री मोदीले आइतबार विहान ७ Read More…

विश्व स्वास्थ्य

कोरोना: १९७ देशमा फैलिदा, १८ हजार ८ सय बढीको मृत्यु, कति पुगे संक्रमित

काठमाडौं, चैत १२ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म १८ हजार ८ सय १० जनाको मृत्यु भइसकेको छ । ४ लाख २१ हजार ३ सय ६७ मा संक्रमण फैलिएको छ । संक्रमण फैलिएका मध्ये १ लाख ८ हजार ३ सय ८८ स्वास्थ्यलाभ गरी अस्पतालबाट फर्किएका छन् । चीनको वुहानबाट शुरु Read More…

विविध

विपन्न परिवारले पाए खाद्यन्न

झापा, चैत ११ । ज्यालादारी बन्द हुँदा तीन दिन देखि भोकै भएका एक विपन्न परिवारले खाद्यन्न पाएका छन् । ज्याला मजदुरी गरेर जेनतेन दुई छाक टार्दै आएका मेचीनगर ७ का राजवंशी परिवारलाई मेची अभियानले खाद्यन्न वितरण गरेको हो । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर Read More…

खेलकुद

किन असफल भयो ‘पूर्वाञ्चल गोल्डकप’ ?

झापा, चैत ११ । झापाको डोमालाल राजवंशी रंगशालामा गत कार्तिकमा ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । बिर्तामोडको जायोन स्पोर्टस क्लबले आयोजना गरेको उक्त प्रतियोगिता सम्पन्न भएपनि सफल भने हुन सकेन । बिजेता, उपबिजेता, रेफ्रिलगायतले प्रतियोगिताबाट अहिलेसम्म पुरस्कार राशी र पारिश्रमीक नपाएपछि विवादित बन्दै गएको छ । प्रतियोगिता सकिएको ४ महिना बित्दा Read More…

समाचार

सीमामा रोकिएका नेपालीलाई नेपाल प्रवेश गर्न दिने सरकारको निर्णय: धमाधम नेपाल प्रवेश

काठमाडौं, चैत ११ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सीमामा आवतजावत बन्द गरिएपछि सीमामा रोकिएका नेपालीहरूलाई एक पटकका लागि देशभित्र प्रवेश गर्न दिने निर्णय लिएको छ। स्वास्थ्य जाँच गराएर नेपाल प्रवेश गरेपछि उनीहरू अनिवार्य रूपमा क्वारन्टीनमा बस्नुपर्ने निर्णय भएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बीबीसी नेपालीलाई बताए। हाल पूर्व र पश्चिमका कैयौँ नाकामा सयौँका सङ्ख्यामा Read More…

समाचार

कोरोना अपडेट: १९५ देशमा फैलिदा, १६ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ?

काठमाडौं, चैत ११ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म १६ हजार ५ सय ५८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ३ लाख ८१ हजार ७६१ जनालाई संक्रमण भएको छ । १ लाख २ हजार ४२९ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म कोरोना १९५ देशमा संक्रमण फैलिएको छ । Read More…

समाचार

झापामा पनि भेटिए कोरोना सङ्क्रमित युवतीसँगै आएका पुरुष

झापा, चैत ११ । कोरोना भाइरस सङ्क्रमित १९ वर्षीया युवतीसँगै विमानमा नेपाल आएकामध्ये झापाका पनि रहेको खुलेको छ । फ्रान्सबाट कतार हुँदै चैत ४ गते नेपाल आएकी युवतीमा कोरोना सङ्क्रमण भएको सोमवार स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । सङ्क्रमित किशोरीसँगै एउटै विमानमा नेपाल आएकामध्ये झापामा एकजना पुरुष पनि फेला परेको जिल्ला प्रशासन कार्यालय झापालाई उदृत Read More…

समाचार

निषेधाज्ञा तोडी नेपाल प्रवेश गर्न खोज्दा नाकामा तनाव

काठमाडौं, चैत ११ । कैलालीको (त्रिनगर) गौरीफन्टा नाकामा तनाव उत्पन्न भएको छ । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले मंगलबार (आज)बाट सम्पूर्ण देश भरी लागू हुने गरी निषेधाज्ञा (लकडाउन) गरेपनि भारतमा रहेका नेपालीहरु सीमा नाकाबाट स्वदेश प्रवेश गर्न खोज्दा सीमा नाकामा तनाव उत्पन्न भएको हो । मंगलबार बिहान करिब Read More…

समाचार

नेपालमा लकडाउन सुरू, देशैभर बिहानैदेखि सुनसान

काठमाडौं, चैत ११ । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले मंगलबार (अाज)बाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । लकडाउन सुरू भएसंगै बिहानै देखि अस्तब्यस्त हुने देशैभरीका शहरहरू काठमाडौं, विराटनगर, पोखरा, चितवन, नेपालगञ्ज, धरान, इटहरी, विर्तामोडलगायतका शहर, हाटबजार, राजमार्ग, चोक तथा सार्वजनिक स्थलहरू सुनसान भएका छन् । नेपालमा Read More…

संघ \संस्था

कोरोना संक्रमणबाट बच्न मेचीनगर ५ द्वारा वडामा मास्क वितरण

झापा, चैत १० । मेचीनगर ५ वडा कार्यलयले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट बच्न सचेत गराउदै आफ्ना वडाबासीलाई मास्क वितरण गरेको छ । सोमवार वडा कार्यलयले आफ्ना वडामा रहेका विभिन्न टोल विकास संस्थाका पदाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि सहितको सहभागीतामा कोरोना भाईरस सम्बन्धी सचेतना जगाउदै मास्क वितरण गरेको हो Read More…