काठमाडौं, चैत १४ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार रातिदेखि शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको स्रोतले बतायो । प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि Read More…
Month: March 2020
विश्वभर कोरोनाको कहर: १९९ देशमा फैलिदा, २४ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ?
काठमाडौं, चैत १४ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म २४ हजार ६५ जनाको मृत्यु भइसकेको छ । विश्वमा १९९ देशमा पुगेको कोरोना भाइरसबाट ५ लाख ३१ हजार ६ सय ३० जना संक्रमित भएका छन् । १ लाख २३ हजार ३ सय ९१ जना निको भएर घर फर्किएका छन् । कोरोना Read More…
भाइरस मार्न मेचीनगरमा ब्लिचीङ पाउडरको घोलको स्प्रे
झापा, चैत १३ । मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्रका विभिन्न स्थानमा ब्लिचिङ पाउडरको घोल स्प्रे (कीटनाशक औषधि छर्कन) थालेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ कोरोना भाइरसको संक्रमणलाई नगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको मेचीनगर विपद ब्यवस्थापन समितिका संयोजक टिकाराम मग्रान्तीले जानकारी दिए । नगरबासीलाई कोरोना संक्रमणबाट बचाउन मास्क वितरण Read More…
अवैध बोइलर कुखुरा बरामद
झापा, चैत १३ । भारतबाट अवैधरुपमा नेपाल भित्र्यायी गोदाममा राखेको अवस्थामा बोइलर कुखुरा प्रहरीले मेचीनगर ६ स्थित बर्मेलीटोलबाट बरामद गरेको छ। कुखुरा व्यवसायी संघ झापा सचिव हरि तिम्सिनाको नेतृत्वको टोलीले अवैधरुपमा ल्याइएका बोइलर कुखुरा तिलक सुब्बाको गोदामबाट बरामद गरेको हो। बोइलर कुखुरा अवैधरुपमा ल्याएर गोदाममा राखेको सुचनाको आधारमा सिमा प्रहरी चौकी नकलबन्दाको टोली सहित क्षेत्रिय Read More…
प्रदेश १ मा कोरोना भाइरसको परीक्षण हुने
सुनसरी, चैत १३ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा कोरोना भाइरस परीक्षण हुने भएको छ । प्रदेश सरकारले भारतबाट कोरोना भाइरस परीक्षण गर्ने रसायन ल्याएपछि परीक्षण सम्भव हुने भएको हो । टेकुमा रहेको शुक्रराज ट्रपिकल हस्पिटलमा मात्र यसको परीक्षण हुने भएकोले हवाईजहाज बन्द भएपछि एम्बुलेन्स तथा गाडीको सहायताबाट स्वाब परीक्षण गर्न काठमाडौँ लानुपर्ने बाध्यता Read More…
विश्वभर कोरोनाको कहर: १९८ देशमा फैलिदा, २१ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ?
काठमाडौं, चैत १३ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म संख्या २१ हजार १ सय ९१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ४ लाख ६८ हजार ६ सय ६६ जनालाई संक्रमण भएको छ । १ लाख १४ हजार २ सय १८ जना निको भएर घर फर्किएका संक्रमणदर घटेको चीनमा पनि विगत Read More…
लकडाउन हामी सबैको हितमा छ, यसलाई सबैले पालना गरौं: सांसद बानियाँ
झापा, चैत १२ । कारोना भाइरसको संक्रमणबाट क्षति नहोस् भन्ने उदेश्यले झापा निर्वाचन क्षेत्र नम्वर ३ को प्रदेश निर्वाचन क्षेत्र नम्वर १ का सांसद बसन्त बानियाँसहितको सुरक्षा टोलीले आज दक्षिणी झापाको अनुगमन गरेको छ । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले मंगलबारदेखि सम्पूर्ण देश भरी लागू हुने गरी निषेधाज्ञा Read More…
चीनसँग जोडिएका नाका खोल्ने सरकारको निर्णय
काठमाडौं, चैत १२ । सरकारले चीनसँग जोडिएका नाका खुलाउने भएको छ । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले मंगलबारदेखि सम्पूर्ण देश भरी लागू हुने गरी निषेधाज्ञा (लकडाउन) घोषणा गरी सकेको छ । तर कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समिति बैठकले रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको हो । Read More…
भारतमा लकडाउन, रोजगारी गुमाएका श्रमिकलाई ५ हजार दिने दिल्ली सरकारको घोषणा
काठमाडौं, चैत १२ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भारत सरकारले २१ दिनको लकडाउन गरेको छ । दिल्ली सरकारले लकडाउन जारी भएपछि रोजगारी गुमाएका श्रमिकलाई तत्काललाई पाँच पाँच हजार रुपैयाँ दिने घोषणा गरेको छ । कोरोनाको भाइरसको जोखिम उच्च भएपछि केन्द्र सरकारले मंगलबार मध्यरातिदेखि २१ दिनको लकडाउन गरेसँगै दिल्ली Read More…
फेरी अर्का नेपालीमा कोरोना पोजेटिभ देखियो
काठमाडौं, चैत १२ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ । सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण Read More…








