काठमाडौं, चैत २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट विश्वका महाशक्ति राष्ट्रहरु समेत गलेको निश्कर्ष निकालेका छन् । राष्ट्रका नाममा सम्वोधन गर्दै उनले महाशक्ति राष्ट्रहरु समेत आच्छुआच्छु भएका बेला आगामी दुई साता हाम्रा लागि थप चुनौतीपूर्ण रहेको बताउदै नागरिकलाई धैर्यता पूर्वक संयम भएर बस्न आग्रह गरेका छन्।
मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् ।
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताए । उनले मेडिकल सामाग्री खरिद प्रक्रियामा काम नै गर्न नदिएको गुनासो समेत गरे । कहि कतै अनियमितता भएको भए निर्ममतापूर्व निर्णय गर्न सरकार तयार रहेको स्पष्ट समेत पारेका थिए ।
भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोस् |

