विराटनगर, चैत २८ । एनएमबी बैंकले प्रदेश नम्बर १ सरकारलाई १ सय थान स्वास्थ्य सुरक्षा सामग्री (पीपीइ) सहयोग हस्तान्तरण गरेको छ । कोरोना भारइसको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई अतिआवश्यक पर्ने स्वास्थ्य सामग्री विहिवार प्रदेश नंं १ एकका मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको हो ।
कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) को अभाव भएको बताइरहेको बेला एनएमबि बैंकले यस्तो सहयोग गरेको बंैकका प्रदेश निक्षेप प्रमुख मेघराज तिम्सिनाले बताउनु भयो ।
तिम्सिनाका अनुसार एनएमबि बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेले कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागी आवश्यक १ सय थान गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रदेश १ का मुख्यमन्त्रि शेरधन राईलाई प्रदान गर्नु भएको हो ।
मुख्यमन्त्री कार्यालय विराटनगरमा पुगेर बैकले सो सामाग्री हस्तान्तरण गरेको थियो । पिपिई प्रदान गर्दा मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरुको उपस्थिती रहेको थियो । बैंकले कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय÷व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ । महामारी विरुद्घको अभियानमा सरकारको पहलकदमीमा बैंकपनि सरिक रहेको बैंकका प्रदेश प्रमुख घिमिरेले बताउनु भयो ।

