काठमाडौं, बैशाख ७ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण भारतमा पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२१ पुगेको छ ।
भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या १५ हजार ७२२ पुगेको छ । भारतमा एकैदिन १ हजार ३७० जनामा संक्रमण देखिएको छ । भारतमा संक्रमितमध्ये २ हजार ४६३ जना उपचारपछि निको भएका छन् । १२ हजार ७३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

