स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुग्यो

काठमाडौं, जेठ १७ । नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १ हजार ४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

हालसम्म नेपालको ५३ जिल्लामा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यू भएको छ । त्यसैगरी हालसम्म २१९ जना निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.