काठमाडौं, जेठ १७ । सरकारले लकडाउनलाई १२ दिन थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले ३२ जेठसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । जारी लकडाउन २० जेठमा सकिदै छ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ को संक्रमणबाट देशका विभिन्न स्थानमा १४ सय बढी कोरोना संक्रमण पुष्टि भइसकेको छ Read More…
Day: May 30, 2020
कोविट–१९ संक्रमणबाट नेपालमा सातौँ व्यक्तिको मृत्यु
काठमाडौं, जेठ १७ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण नेपालमा सातौँ व्यक्तिको मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका वडा नं। ७ मा विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षीय युवकको कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको हो Read More…
रहेनन् कम्युनिष्ट नेता हंशलाल
झापा, जेठ १७ । झापाका पुराना कम्युनिष्ट नेता हंशलाल राजवंंशीको आज निधन भएको छ । विराटनगर स्थित न्युरो अस्पतालमा उपचार गराइरहेका नेता राजवंशीको ह्दयघातका कारण शनिबार साझ ५ वजे निधन भएको हो । दुई दिनअघि मेचीनगर–१४ स्थित चारआलीको घरमा उच्च रक्तचापका कारण लडेका उनलाई तत्काल विराटनगरको उक्त अस्पताल लगिएको थियो । आइतवार बिहान १० बजे Read More…
क्वारेन्टाइनमा प्रहरी कुटिए
सप्तरी, जेठ १७ । क्वारेन्टिनको सुरक्षार्थ खटिएका एक प्रहरी कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण माविको क्वारेन्टिनमा बसेकाबाट आज कुटिएका छन् । क्वारेन्टिनमा बसेका दुई र उनीहरुलाई भेट्न आएका दुई जनाले मिलेर कुटपिट गर्दा प्रहरी कमलेश साह घाइते भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ । कुटपिटबाट घाइते प्रहरी साहको दाँहिने घुँडाको माथिल्लो भाग (पटेला) फुस्किएको Read More…
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुग्यो
काठमाडौं, जेठ १७ । नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १ हजार ४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । हालसम्म नेपालको ५३ जिल्लामा फैलिएको कोरोना भाइरसको Read More…
भारतबाट स्थलमार्ग हुँदै नेपाल आउने २० नाका तोकियो
काठमाडौं, जेठ १७ । सरकारले भारतमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन २० वटा नाका तोकेको छ। बैठकले १२ जेठमा मन्त्रिपरिषद्ले जारी गरेको ‘नेपाली नागरिकलाई स्वदेश ल्याउन सहजिकरण गर्नेसम्बन्धी आदेश’ बमोजिम भारतबाट स्थलमार्ग हुँदै नेपाल आउने २० नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए। सरकारले तोकेका २० वटा नाकाहरूमा काँकरभिट्टा (झापा), पशुपतिनगर (इलाम), रानी (मोरङ), कुनौली Read More…






