राजनीति

रहेनन् कम्युनिष्ट नेता हंशलाल

झापा, जेठ १७ । झापाका पुराना कम्युनिष्ट नेता हंशलाल राजवंंशीको आज निधन भएको छ । विराटनगर स्थित न्युरो अस्पतालमा उपचार गराइरहेका नेता राजवंशीको ह्दयघातका कारण शनिबार साझ ५ वजे निधन भएको हो ।

दुई दिनअघि मेचीनगर–१४ स्थित चारआलीको घरमा उच्च रक्तचापका कारण लडेका उनलाई तत्काल विराटनगरको उक्त अस्पताल लगिएको थियो । आइतवार बिहान १० बजे देउनिया घाटमा राजवंशीको दाहसंसकार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.