झापा, असार १० । झापाको बुद्धशान्ती गाँउपालिका वडा नम्बर १ वडा कार्यालयले आफ्नो गोदाममा स्टक बीउ बीजन हुँदा पनि वडाका किसानलाई वितरण नगरेको पाईएको छ ।

वडामा अहिले पनि करिब ६ बोरा हाइब्रेट मकैको बीउ, ३० प्याकेट प्याजको बीउ, २० प्याकेट खुर्सानीको बीउलगायत करिब २ लाख मुल्य बराबरको बीउ स्टक रहेको छ ।
१ नम्बर वडाका किसानले गोदाममा बिउ हुँदा पनि आफुहरुले नपाएको गुनासो गरेका छन् । वडा कार्यालयले अनुदानमा वडाभित्रका कृषकका लागि प्रत्येक बर्ष मकै, प्याज, लसुन, खुर्सानीलगायतका बीउ बिजन वितरण गर्दै आएको छ । तर यस पालि वडाले अनुदानको बीउ स्टकमा हुँदा पनि सबै किसानलाई वितरण नगरेपछि वडावासी बिसानहरु जनप्रतिनिधि संग रुष्ट भएका छन् ।

गत बर्ष किसानले वडाबाट बितरण भएको बीउ गुणस्तरहिन भएको भन्दै आलोचना गरेका थिए । तर यसपाली पनि वडाले बीउ गोदाममा नै राखेर किसानलाई वितरण नगरेको किसानहरुको गुनासो छ ।

यता बुद्धशान्ती गाँउपालिका वडा नम्बर १ का वडाअध्यक्ष मीन कुमार नेवारले वडामा उपलब्ध भएका बीउ बिसानले पाएको बताए । उनका अनुसार बीउ वितरणमा वडा सदस्यहरुले नै साथ नदिका कारण बीउ वितरणमा केही समस्या आएको बताए ।
साथै उनले सबै बीउ किसानलाई वितरण गरेको र अहिले स्टकमा रहेको हाइब्रेट मकैको बिउ चै किसानबाट नै गुणस्तर हिन रहेको भन्दै नलगेको अध्यक्ष नेवारले बताए ।

