नरेन इलामेली
इलाम, असार २९ । चियाका लागि प्रसिद्ध जिल्ला हो इलाम, जहाँ वि. सं १९२० बाट चिया खेतीको सुरुवात भएको इतिहास पाइन्छ । वि. सं १९२० मा इलामका तत्कालिन बडाहाकिम गजराजसिंह थापाले चीनबाट उपहार स्वरुप प्राप्त गरेको चियाका बिरवा इलाममा रोपेपछि चिया खेती सुर भएको मानिन्छ ।

समय बित्दै जाँदा इलामका अधिकांश क्षेत्रहरुमा चिया खेतीको बिस्तार हुँदै गयो र आय आर्जनको प्रमुख श्रोत तथा पर्यटकिय गन्तव्य बन्दै विश्वभर इलामको पहिचान बन्न पुग्यो चिया ।
इलाम सदरमुकाम, कन्याम र पानीटारको चिया बगान पर्यटकिय गन्तब्यको रुपामा विकसित हुँदै गए पछि यी क्षेत्रहरुमा बर्षेनी लाखौँ पर्यटकहरुको घुईँचो लाग्ने गरेको छ ।

तस्विरमा यस्तो छ इलाम सदरमुकामको चियाबारी, जहाँ पर्यटकको मनोरञ्जनका लागि कृतिम पोखरी निर्माण गरिएको छ भने आवतजावतमा सहजताका लागि सिँढी र आराम गर्नका लागि गोल घर र फलैँचा बनाइएको छ ।





