विविध

भदौ १ गतेबाट लामो दूरीका यातायात सञ्चालन गर्ने सरकारको निर्णय

काठमाडौं, साउन ६ । सरकारले भदौ १ गतेबाट लामो दूरीका सवारी साधन सञ्चालन गर्ने घोषणा गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ १ बाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट आन्तरिक र बाह्य हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । चैत ११ देखि बन्द रहेका सार्वजनिक यातायात अझै सञ्चालन हुन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published.