शिक्षा

आदर्श माविको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक

मेचीनगर । झापाको मेचीनगर ८ स्थित आदर्श मावि आयबारीले सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रमको अध्यक्षता शिक्षक अभिभावक संघका अध्यक्ष अर्जुन कुमार पोख्रेल रहेको थियो ।

कार्यक्रममा आय ब्यय सामाजिक लेख परिक्षण २०७८/२०७९ को साथै कक्षा ९ र १० को बिध्यार्थीहरुको शैक्षिक प्रगतिका लागि विद्यालयको योजना संगै अभिभावकको सुझाव सङ्कलन गरिएको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि कबिता खनाल, मन कुमारी गिरी, आदर्श मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेवन्त राज पोख्रेल (अर्जुन) लगायतको आतिथ्यता रहेको थियो । विद्यालयका शिक्षक लम्बोदर पौडेलले सञ्चालन गरेको कार्यक्रममा अभिभावकहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।