अन्य

मेचीनगरमा डेंगु रोग रोकथामका लागि विषादी छिट्ने कार्य सुरु

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा डेंगु रोगको रोकथामका लागि विषादी छिट्ने कार्य सुरुवात भएको छ। नगरपालिकाको स्वास्थ्य शाखाले डेंगु रोग नियन्त्रणका लागि मेचीनगर १० को जोखिम युक्त स्थानहरुमा विषादी छिट्ने कार्य सुरु गरेको छ ।

नगरपालिकाले वडा नं १० मा डेंगुको जोखिम उच्च रहेका कारण सुरुमा यस वडाबाट विषादी छिट्ने कार्य अगाडी बढाईएको मेचीनगर स्वस्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका अनुसार वडा नं १० मा विषादी छिट्ने कार्य अझै २ देखी ३ दिन सम्म संचालन हुने जनाएको छ ।