स्वास्थ्य

आज ३११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १९ हजार ६३ पुग्यो

काठमाडौं, साउन १३ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा थप १२१ जना कोरोना संक्रमणमुक्त भएको जानकारी गराए ।

योसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १३ हजार ८७५ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.