मेचीनगर, साउन १४ । झापाको मेचीनगर–७ स्थित ईटाभट्टामा बजारमा बुधबार आयोजना भएको रक्तदान कार्यक्रममा ४० जनाले रगत दिएका छन् ।
नवीन युवा क्लब मेचीनगर–१३ को आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ६ महिला र ३६ जना पुरूष गरेर ४० जनाले रगत दिएका कार्यक्रम संयोजक शिव कुवंरले जानकारी दिए ।
अहिलेको विषम् परिस्थितिमा झापामा रगतको चरम अभाव नहोस् भन्ने उदेश्यका साथ क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको संयोजक कुवंरले बताए ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोग रहेको कार्यक्रममा स्थानिय सहयोग यूनाइटेड युवा क्लब मेचीनगर–७ ईटाभट्टाले गरेको थियो । कार्यक्रमको सहआयोजकमा ब्लड डोनर्स नेपाल, टिम ब्लड पाल, रोटरी क्लब अफ विर्तामोड मिट टाउन र रोट्याक क्लब अफ विर्तामोड मिट टाउन रहेका थिए ।
आयोजक नवीन युवा क्लबका अध्यक्ष सुशान्त पोख्रेलको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा मेचीनगर-७ का वडा अध्यक्ष चन्दन मेचेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम संयोजक शिव कुवंरले स्वागत र क्लबका सचिव नयन पाठकले कार्यक्रम सञ्चालन गरेका थिए ।

