मेचीनगर, साउन २७ । दुवै मृगौला फेलभई हाल मृत्यु संग संघर्ष गरिरहेकी मेचीनगर ८ की निर्मला ढुंगानाको उपचारमा युवा एकता हाम्रो प्रतिबद्धता ग्रुपले आर्थिक सहयोग गरेको छ । ग्रुपले निर्मलाको उपचारमा ४५ हजार आर्थिक सहयोग गरेको छ । मेचीनगर ८ स्थित सेन्टरी टोल निवासी शुभनाथ ढुंगानाकी ३० वर्षिया छोरी निर्मला आर्थिक अभावका कारण यतिखेर जीवन Read More…
Day: August 11, 2020
थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २३ हजार ९४८ पुग्यो
काठमाडौं, साउन २७ । नेपालमा मंगलबार थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । Read More…
यातायात र हवाई उडान भदौ १५ गतेसम्म रोक
काठमाडौं, साउन २७ । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले लामो दुरीको यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १५ सम्म पुनः रोक लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिस अनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा कोरोना Read More…
आज श्रीकृष्ण जन्माष्टमीः घरघरमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै
काठमाडौं, साउन २७ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष Read More…




