काठमाडौं, साउन ३० । कालिकोट जिल्लाको महाबै गाउँपालिका वडा नम्बर ३ मा बिहीबार राति गएको पहिरोबाट ६ जना बालबालिकाको मृत्यु भएको छ।
वडा सदस्य राज बहादुर विष्टको घरमा गएको पहिरोमा वडा सदस्य विष्टका चार र उनका दाजुका दुई सन्तानको ज्यान गएको छ।
मृत्यु हुनेमा वडा सदस्य विष्टका २ छोरा र २ छोरी तथा दाजुका २ छोरी रहेका छन्।
कर्णाली प्रदेशका प्रहरी प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले दिएको जानकारी अनुसार रातको १२ बजेतीर पहिरो घरको छानो भत्काउँदै छिरेको थियो। सोही पहिरोले सुतिरहेको अवस्थामा पुर्दा उनीहरूलाई पुरेको हो।
बास्तोलाका अनुसार वडा सदस्य विष्ट आफ्नो पत्नीसहित तल्लो तल्लामा सुतेका थिए र पहिरोले त्यहाँसम्म क्षति पुर्याउन नसकेकाले बाँच्न सफल भएको बास्तोलाको भनाइछ।

